असार, २१ । सिन्धुपाल्चोक जिल्लामा विपद सहायता कक्ष स्थापना गरिएको छ । विगतका वर्षहरुमा विपद्का घटना धेरै हुने गरेकाले थप सतर्कता र सहजताका लागि जिल्लामा आज विपद सहायता कक्ष स्थापना गरिएको हो । सोही विपद सहायता कक्षको प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले उद्घाटन गर्नुभयो । यो सहायता कक्ष जिल्ला आपतकालिन कार्यसञ्चालन केन्द्र चौतारामा रहनेछ भने विपद् प्रतिकार्यका लागि समन्वय तथा सहजीकरणका काम यो कक्षले गर्ने प्रजिअ थापाले बताउनुभयो ।
विपद सहायता कक्षले विपद्मा परेका बृद्धबृद्धा, फरक क्षमता भएका व्यक्ति, महिला तथा बालबालिकाहरुलाई मुख्य प्राथमिकतामा राखेर विपद् प्रतिकार्य र सहजीकरणका कामहरु गर्नेछ । मनसुनको समय भएकाले जिल्ला प्रशासन कार्यालयसहित जिल्लाका सम्बन्धित निकायहरु मनसुन प्रतिकार्यका लागि तयारी अवस्थामा रहेको प्रजिअ थापाको भनाई छ ।
प्रजिअ थापाले मनसुन पूर्वतयारी तथा प्रतिकार्य सम्वन्धी विभिन्न कार्यक्रम गरिरहनुभएको छ भने सम्बन्धित निकायलाई चनाखो रहन आग्रह गर्नुभएको छ ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com