फागुन, ३० । सिन्धुपाल्चोकको ‘बलेफी–जलविरे–तेम्वाथान’ सहायक राष्ट्रिय राजमार्गअन्तर्गत स्तरोन्नतिका लागि ४ करोड बजेट निकासा भएको छ । सिन्धुपाल्चोकबाट निर्वाचित प्रतिनिधसभा सदस्य माधव सापकोटा ‘सुबोध’को पहलमा सोही राजमार्गको स्तरउन्नतिका लागि अर्थमन्त्रालयबाट बजेट निकासा भएको हो ।
यो राजमार्गको ट्रयाक ओपनको काम पहिले नै सकिएकाले यसको स्तरउन्नतिका कामहरु हुँदै आएको छ । बलेफीबाट जलबिरेसम्मको सडक स्तरउन्नतिका लागि भने बजेट अभावले केहि समययता काम रोकिएको थियो । यस क्षेत्रमा पर्ने १० किलोमिटर सडक स्तरउन्नतीको ठेक्का सुवर्ण निर्माण सेवा, कनक कवि जेभि, त्रिवेणी निर्माण सेवाले जिम्मा लिएका थिए । बलेफि–जलबिरे सडकको स्तरउन्नतीका लागि अर्थमन्त्रालयबाट बजेट छुट्टििएकाले सोही अनुसार काम हुने सांसद सुबोधको सचिवालयले जनाएको छ ।
त्यस्तै, लिसंखु ठोकर्पा पुरानोकोट सडक स्तरोन्नतिका लागि पनि १ करोड बजेट निकासा भएको छ । सांसद सुबोधकै पहमा यो बजेट पनि निकासा भएको हो । सोही बजेटबाट २१ किलोमिटरको लिसंखु पुरानोकोट सडकखण्डमा स्तरउन्नतिको काम हुनेछ । यो सडक निर्माणको जिम्मा २०७९ सालमा पाण्डे नयाँयुग जेभीले लिएको थियो ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com