रौतहट । रौतहटको चन्द्रपुर नगरपालिकामा लुटेरा समूहले लाखौँको धनमाल लुटपाट गरेका छन् । सो क्रममा लुटेरा समूहले आक्रमण गर्दा दुई जना महिला घाइते समेत भएका छन् । आइतबार राति ४ जना भन्दा बढीको सङ्ख्यामा आएका लुटेराहरूले चन्द्रपुर ५ का सोनेलाल चौधरीको घरमा लक्ष्मीपूजा गर्ने क्रममा राखिएको नगद १ लाख ४५ हजार, १४ तोला सुन, ५४ तोला चाँदी लुटेरा समूहले लगेको पीडित परिवारले जनाएको छ ।
घरको मुलगेट फुटाएर प्रवेश गरेका उनीहरूले चौधरीको श्रीमती कान्ति चौधरी र छोरी नीकम चौधरीलाई धारिलो हतियार प्रहार गरी घाइ बनाएका हुन्।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com