पुष, १४ । बालकुमारी घटनामा मारिएका दुई जना युवकको परिवारलाई सरकारले राहत स्वरुप १०–१० लाख रुपैयाँ दिने निर्णय गरेको छ । शनिबार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले मृतकका परिवारलाई राहत स्वरुप रकम दिने र प्रदर्शनका क्रममा घाइते भएकाहरूको सम्पूर्ण उपचार खर्च सरकारले बेहोर्ने निर्णय गरेको हो । शुक्रबार ललितपुरमा भएको प्रदर्शनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेख सुजन रावतको मृत्यु भएको थियो ।
बैठकको निर्णयबारे जानकारी दिँदै सञ्चारमन्त्री रेखा शर्माले सरकारले मृतकप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको जानकारी दिइन् ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com