जेठ, ३० । काठमाडौं महानगरपालिकाले विद्यार्थी संगठनले काठमाडौंका तीन वटा विद्यालयमा लगाएको ताला फोडेको छ । काठमाडौंको संस्कृत माध्यामिक विद्यालय, वृहस्पति माध्यामिक विद्यालय र युलेन्स स्कुलमा विद्यार्थी संगठनले लगाएको ताला महानगरले फोडेको नगर प्रहरीले जनाएको छ ।
छात्रवृत्ति विवरण, शुल्क स्वीकृति विवरण, कर्मचारीको पारिश्रमिक विवरण लगायतका माग राखेर अनेरास्ववियु ९क्रान्तिकारी० काठमाडौं जिल्ला समितिले आइतबार ती विद्यालयहरुमा ताला लगाएको थियो ।
विद्यार्थी संगठनले विद्यालयमा ताला लगाएपछि महानगरका मेयर बालेन्द्र बालेन साहले बालबालिका पढ्ने ठाउँमा ताला लगाउनु अपराध भएको भन्दै ताला फोड्न निर्देशन दिएका थिए । मेयर बालेनले सामाजिक सञ्जालमा पनि लेखेका छन्, ‘चाहे विद्यालय सरकारी होस् वा निजी, हामी विद्यालयमा राजनीति गर्ने कुरा कल्पनासम्म गर्न सक्दैनौं’ ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com