काठमाडौँ । सोलुखुम्बुको सदरमुकाम सल्लेरीबाट माप्यदुधकोशी हुँदै सगरमाथा क्षेत्र जोड्ने सडक कालोपत्रेको योजनाको माप्यदुधकोशी गाउँपालिकाको आयोजनामा पुनः शिलान्यास गरिएको छ । संघीय सरकारको ४० करोड ९० लाख ८४ हजार ९ सय ३८ रुपैयाँको लागतमा सुरु हुन लागेको सडक कालोपत्रेको आज शुक्रबार प्रतिनिधिसभा सदस्य मानबीर राई, प्रदेशसभा सदस्य बुद्धि कुमार राजभण्डारी र माप्यदुधकोशी गाउँपालिका अध्यक्ष बुद्धिकिरण राई र उपाध्यक्ष गौरव राईले शिलान्यास गरेका हुन् । यस अघि संविधान दिवस असोज ३ गते सोलुदुधकुण्ड नगरपालिकाका मेयर नाम्गेल जाङबु शेर्पाले पनि उक्त सडकखण्ड कालोपत्रज्ञेका लागि शिलान्यास गरेका थिए । माप्यदुधकोशी तथा खुम्बु पासाङल्हमु गाउँपालिकाको उपस्थितिविनै आफ्नो ढंगले शिलान्यास गरेको भन्दै आपत्ति जनाएका उनीहरुले शुक्रबार प्रतिनिधिसभा तथा प्रदेश सभाका माननीयहरुको उपस्थितिमा माप्यदुधकोशी गाउँपालिकाले पनि शिलान्यास गरेको हो । सडक शिलान्यासका लागि दुई स्थानीय तहले जस लिने होड देखाएको देखिन्छ ।
सल्लेरी–सिल्गुडीडाँडा–काँकु बासा–ओर्लाङघाट–जुभिङ–खरिखोला–लुक्ला–खुम्बु सडक अन्र्तगत पहिलो चरणमा करिब १५ किलो मिटर सडक कालोपत्रे हुने जनाईएको छ । जस अन्र्तगत करिब ६ किलोमिटर सडक सोलुदुधकुण्ड नगरपालिका क्षेत्रमा पर्ने र बाँकी ९ किलोमिटर सडक माप्यदुधकोशी गाउँपालिका क्षेत्रमा पर्ने आयोजनाले जनाएको छ । यस सडक खण्डको केही भाग मात्रै नगरपालिकामा पर्छ भने अधिकांश सडक माप्य दुधकोशी गाउँपालिकामा पर्दछ । तर त्यही माप्य दुधकोशीलाई बाहिर राखेर नगरपालिकाले एकलौटी मनोपरी गरेको माप्यदुधकोशी गाउँपालिकाले आपत्ति जनाएको थियो ।
शिलान्यास कार्यक्रममा बोल्दै सोलुखुम्बु प्रतिनिधिसभा सदस्य मानबीर राईले जिल्ला सदरमुकामबाट सुरु भएको खुम्बु जोड्ने सडक कालोपत्रेले पर्यटनको क्षेत्रमा ठुलो महत्व राख्ने बताएका छन् । यस चरणमा १५ किलोमिटर मात्रै कालोपत्रे हुने भएकाले उक्त सडकलाई चाँडो खुम्बुको चौरीखर्कसम्म विस्तार गरी कालोपत्रे गरिनुपर्नेमा उहाँले जोड दिएका छन् । कोशी प्रदेशसभा सदस्य बुद्धिकुमार राजभण्डारीले विकासमा राजनिति घातक हुने बताउका छन् । नगरपालिका मेयर शेर्पातर्फ इंगित गर्दै राजभण्डारीले सस्तो लोकप्रियताका लागि दौडीनेहरु गन्तव्यमा नपुग्ने बताए ।
यस्तै माप्यदुधकोशी गाउँपालिका अध्यक्ष एवं एमाले नेता बुद्धिकिरण राईले सगरमाथा क्षेत्र जोड्ने लाईफलाईन सडकको कालोपत्रेले पर्यटन प्रर्वद्धनमा ठुलो महत्व राख्ने बताएका छन् । माप्यको कृषि उपजको बजारकिरणका लागि खुम्बुको पर्यटन आधारस्तम्भ रहेको बताउँदै सडक कालोपत्रे आफुहरुको पहिलो प्राथमिकता भएको बताए । उनले एकलौटी शिलान्यास गरेको प्रति रोष प्रकट गर्दै मेयर शेर्पाले दीगो राजनीति गर्ने अभ्यासबाट चुकेको टिप्पणी गरेका छन् । यस्तै माप्यदुधकोशी गाउँपालिका उपाध्यक्ष गौरव राईले जिल्लाको विकासमा सबै जनप्रतिनिधि निस्वार्थ भावनाले अग्रसर हुनु पर्नेमा जोड दिएका छन् ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com