फागुन, २७ । सरकारको आगामी नीति तथा कार्यक्रमका प्राथमिकता छनोट गर्न सत्तारुढ गठबन्धनले कार्यदल गठन गर्ने निर्णय गरेको छ । आइतबार सिंहदरबारस्थित अर्थ मन्त्रालयमा बसेको गठबन्धनका ५ दलबाट १० सदस्यीय संयन्त्र गठन गर्ने निर्णय गरेको हो । नेकपा एमालेका उपमहासचिव विष्णु रिमालका अनुसार सरकारको आगामी नीति तथा कार्यक्रमको प्राथमिकता निर्धारण गर्नका लागि सबै दलबाट दुईरदुई जना सदस्य रहने गरी संयन्त्र बनाइएको छ । एमालेबाट रिमालसहित विष्णुप्रसाद पौडेल, माओवादी केन्द्रबाट अर्थमन्त्री एवं उपमहासचिव वर्षमान पुन, अर्का उपमहासचिव जनार्दन शर्मा रहेका छन् । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीबाट उपसभापति स्वर्णिम वाग्ले र महामन्त्री डा. मुकुल ढकाल रहेका छन् ।
यसै गरी यस्तै जसपाबाट राजेन्द्र श्रेष्ठ र मनिस सुमन तथा एकीकृत समाजवादीबाट उपाध्यक्ष प्रमेश हमाल र महासचिव घनश्याम भुसाल रहेका छन् ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com