वैशाख, २ । भरतीय दुतावासले सोलुखुम्बुको सोताङ गाउँपालिकालाई सुविधासम्पन्न एम्बुलेन्स प्रदान गरेको छ । नेपाल भारत विकास साझेदारी कार्यक्रम अन्तर्गत भारत सरकारले सोताङ गाउँपालिकालाई ईमर्जेन्सी सेवासुबिधासहितको एम्बुलेन्स प्रदान गरेको हो । आज एक कार्यक्रमकाबीच अर्थमन्त्री बर्षामान पुन र भारतीय राजदुत नबिन श्रीवास्तवलगायतको उपस्थितिमा भारत सरकारबाट ईमर्जेन्सी सेवा सुबिधा सहितको एम्बुलेन्स सोताङ गाउँपालिका अध्यक्ष खिलराज बस्नेतलाई हस्तान्तरण गरिएको छ । अक्सिजनको ब्यवस्था, ईमर्जेन्सी सेवा प्रदान गर्ने उपकरण, द्धन्, न्एक् लगाएतका सुबिधाहरु एम्बुलेन्समा नै रहेकाले ग्रामिण भेगका लागि यो निकै उपयोगी हुने पालिका अध्यक्ष बस्नेतको भनाई छ ।
यसअघि गाउँपालिका अध्यक्ष बस्नेतले राजदुत श्रीवास्तवलाई गाउँपालिकालाई एउटा एम्बुलेन्स र डिपिआरसहितको ४ वटा कार्यक्रमको प्रस्ताव राख्नुभएको थियो । पालिकामा स्वास्थ्य कार्यालयले प्रदान गरेको एउटा एम्बुलेन्स मात्रै सञ्चालनमा थियो । गाउँपालिकामा रहेको स्वास्थ्य संस्थामा विरामी चाप धेरै हुने तर एम्बुलेन्स पर्याप्त नहुँदा समस्या हुँदै आएको थियो । बिरामीको चाप अनुसार गाउँपालिकालाई अझै २–३ वटा नै एम्बुलेन्सको आवस्यकता रहेको अध्यक्ष बस्नेत बताउनुहुन्छ । भएको सुविधासम्पन्न एम्बुलेन्सले बिरामीलाई थप केही सहजता मिल्ने उहाँको विश्वास छ ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com