माघ, १६। विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओ र अमेरिकी सेन्टर फोर डिजीज कन्ट्रोल एन्ड प्रिभेन्शन सीडीसीले सन् २०२३ को अन्त्ययता बालबालिकामा दादुराको जोखिम बढ्दै गएको चेतावनी दिएका छन्। धेरै वर्षदेखि दादुराविरुद्ध खोप लगाउने क्रम घट्न थालेको छ।
सीडीसीले अहिले आफ्नो वेबसाइटमा जनाएअनुसार दादुराको सङ्क्रमण अहिले विश्वको सबै भागमा देखा परिरहेको छ। दादुरा भाइरसको अधिकांश सङ्क्रमण यमन, भारत र काजकस्तानमा देखा पारेको छ।
डब्ल्यूएचओ र सीडीसीको पछिल्लो संयुक्त प्रतिवेदनमा सन् २०२२ मा अघिल्लो वर्षको तुलनामा दादुराका बिरामी १८ प्रतिशतले बढेको र विश्वव्यापी रूपमा मृतकको सङ्ख्या ४३ प्रतिशतले बढेको जनाएको छ।
योसँगै दादुरा भएका मानिसको अनुमानित सङ्ख्या ९० लाख र मृतकको सङ्ख्या एक लाख ३६,००० पुगेको छ। तीमध्ये अधिकांश बालबालिका छन्। डब्ल्यूएचओले गत वर्ष युरोपमा दादुराको सङ्क्रमण ३० गुनाले बढेको र त्यो ूभयानकू भएको जनाएको छ।
सन् २०२३ मा उक्त महादेशभर ३० हजार भन्दा बढी मानिसमा सङ्क्रमण देखिएका थियो। सन् २०२२ मा सङ्क्रमितको सङ्ख्या जम्मा ९४१ थियो। bbc
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com