माघ, १० । काठमाडौँ विश्वका वायु प्रदूषित सहरमध्ये १० औँ स्थानमा पुगेको छ । भारतको दिल्ली सहर वायु प्रदूषणको १ नम्बरमा परेको छ । दिल्लीको हावाको गुणस्तर २ सय ८३ एक्यूआइ देखाएको छ । दोस्रो नम्बरमा पकिस्तानको कराँची छ ।
विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार एक्यूआई ३५ भन्दा कम हुनुपर्छ । काठमाडौँको हावाको प्रदूषण १ सय ६४ एक्यूआइ वल्ड ऐर क्वालिटी इन्डेक्सले देखाएको छ । हिउँदे वर्षा समयमा नहुँदा विश्वका विभिन्न क्षेत्रमा वायु गुणस्तरमा सुधार आउन सकेको छैन ।
५० एक्यूआई सम्मलाई सामान्य मानिन्छ । त्यसभन्दा माथिको गुणस्तर एक्यूआई अस्वस्थकर हुने चिकित्सकको भनाइ छ ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com