पुष, १३ । जीविकोपार्जन पुनरुत्थानका लागि दिगो पर्यटन परियोजना एसटीएलआरपीको आयोजनामा नेपाल पर्यटन बोर्डले निजी तथा सामूदायिक विद्यालयहरूमा राष्ट्रिय दिगो पर्यटन क्लब अर्थात सस्टेनेबल टुरिजम क्लब स्थापना गरेको छ । पर्यटन प्रवर्द्धनका लागि निजी तथा सामुदायिक विद्यालयहरूको भूमिकालाई अगाडि बढाउन यो कार्यक्रम पर्यटन बोर्ड र संयुक्त राष्ट्रसंघीय विकाश कार्यक्रम युएनडीपीको सहलगानीमा सञ्चालित छ ।
टुरिजम रिसर्च एण्ड ट्रेनिङ इन्स्टिच्युट टीआरटीबाई र ग्लोबल ट्रावल एण्ड टुरिजम पार्टनरसीप ९जीटीटीपी०सँगको सहकार्यमा अहिले ७ वटै प्रदेशका विभिन्न स्थानमा १३० वटा विद्यालयहरूमा राष्ट्रिय दिगो पर्यटन क्लब बनिसकेका छन् । जसअन्तर्गत कोशीमा २१, मधेषप्रदेशमा २२, बागमतीमा २८, गण्डकीमा २७, लुम्बीनीमा १४, कर्णालीमा १० र सुदुरपस्चिम प्रदेशका ८ वटा विद्यालयमा क्लब बनाएर प्रर्यटन प्रबद्र्धनका कामहरु भईरहेका छन् ।
परियोजनाले विद्यालयस्तरबाट नै विद्यार्थीमा पर्यटन सचेतना अभिवृद्धि गर्ने उद्देश्यले विभिन्न विद्यालयहरूमा ’राष्ट्रिय दिगो पर्यटन क्लब स्थापना गर्ने यो अवधारणा सन् २०२० अर्थात अघिल्लो वर्ष नै अघि सारेको थियो । पहिलो चरणमा कोशी प्रदेश, मधेश प्रदेश, बाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका विभिन्न १८ बटा विद्यालयमा परिक्षण स्वरुप क्लब बनाइएको थियो ।
कार्यक्रम प्रभावकारी बन्दै गएपछि अब देशभरका विद्यालयमा पुर्याउने लक्ष लिइएको छ । राष्ट्रिय दिगो पर्यटन क्लव गठनले स्थानीय स्तरमा पर्यटन सम्बद्ध गतिविधिहरु बढ्दै गएको छ भने धार्मिक, सांस्कृतिक, ऐतिहासिक तथा पुरातात्विक महत्वले भरिएका पर्यटकीय स्थलहरुको संरक्षण एवं प्रबद्र्धनमा टेवा पुग्ने अपेक्षा गरिएको छ ।
विद्यालय स्तरबाटै दिगो रुपमा आन्तरिक पर्यटन प्रबद्र्धन हुने भएकाले यो कार्यक्रमको अवधारणा ल्याइएको नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख तथा परियोजनाका राष्ट्रिय कार्यक्रम निर्देशक डा।धनन्जय रेग्मी बताउनुहुन्छ ।
परियोजना र टिआरटिआइले हरेक विद्यालयमा कार्यक्रमका लागि सुझाव, सल्लाह तथा अन्य विविध सहयोग प्रदान गर्ने, क्लबले गरेका कार्यक्रमको मुल्याङन तथा उत्कृष्ट कामलाई पुरस्कृत गर्ने जस्ता कार्य गर्दछ । साथै सांस्कृतिक सम्पदा र सो वरपरको वातावरण आदि लगायतको सरक्षणका विविध अभियानहरुमा विद्यार्थीलाई जोड्ने कार्य गरिरहको छ ।
विद्यालयका प्रधानाध्यापक संरक्षक र एक जना शिक्षकसहित ११ जना विद्यार्थी रहने गरि क्लब बनाउने व्यवस्था छ । यस्ता क्लबमार्फत पर्यटन विशेष एउटा न्यूज लेटर जर्नलतयार गर्ने, विद्यालयको फोहोर व्यवस्थापन गर्ने, स्थानीय पर्यटन गन्तव्य अन्वेषण र बजारीकरण गर्ने, पर्यटन प्रवर्द्धननका लागि अन्तर विद्यालय वक्तृत्वकला, हाजिर जवाफ, कथा लेखन तथा कविता वाचन जस्ता कार्यक्रमहरु सञ्चालन हुने गरेका छन् ।
यस्ता कार्यवाट विद्यार्थीमा पर्यटनप्रति अभिरुची बढ्नुका साथै स्थानीय स्तरमा रहेका धार्मिक सांस्कृतिक, ऐतिहासिक तथा पुरातात्विक महत्वले भरिएका पर्यटकीय स्थलहरुको संरक्षण एवं प्रबद्र्धनमा टेवा पुग्दै जाने विश्वास लिइएको छ ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com