चैत, २२ । काठमाण्डौको गोकर्णेश्वर नगरपालिकाले कवि तथा साहित्यकारलाई पुरस्कारसहित सम्मान गरेको छ । बुधबार नगरपालिकाको सभाहलमा आयोजित एक कार्यक्रमकाबीच गीतकार तथा कबि पञ्चन पुडासैनी र कवि प्रा.डा.ऋषिराम पोखरेललाई नगद एक लाख रकम पुरस्कारसहित सम्मान गरिएको हो । कविद्धयलाई नगरपालिकाका मेयर दिपक रिसाल र उपमेयर सान्नानी लामाले दोसल्ला ओठाएर सम्मान गर्नुभयो ।
सम्मानित हुने कवि पञ्चन पुडासैनी गोकर्णेश्वर नगरपालिकाको बालपिठ गोठाटारमा जन्मिनुभएको थियो भने कवि ऋषिराम पोखरेल गोकर्णेश्वरकै सुन्दरीजलमा जन्मिनुभएको हो । आफ्नो नगरपालिकामा जन्मिएर साहित्य र संस्कृति क्षेत्रमा राष्ट्रलाई ठूलो योगदान पुर्याएको भन्दै नगरपालिकाले सम्मान गरेको हो ।
नगरपालिकाको सम्मान ग्रहणपछि प्रा.डा कवि ऋषिराम पोखरेलले खुसी व्यक्त गर्दै नगरपालिकाले साहित्य क्षेत्रलाई प्राथमिकतामा राखेकोमा मेयर रिसाललाई धन्यवाद दिए ।
नगरपालिकाका मेयर रिसालले साहित्य र संस्मृतीको जगेर्ना गर्न यस्ता कार्यक्रम महत्वपुर्ण हुने भन्दै आगामी दिनमा पनि साहित्य पुरस्कार तथा सम्मान कार्यक्रमलाई निरन्तरता दिने बताए ।
यसअघि नगरपालिकाले आफ्नो नगरभित्र रहेका साहित्यकारलाई सम्मानका लागि छनोट गर्न सिफारिस समिति समेत बनाएको थियो । सोही समितिले सिफारिस गरेका कविलाई नगरपालिकाले सम्मानित गरेको हो । कार्यक्रममा राष्ट्रिय तथा स्थानीय स्तरका साहित्यकारहरुको सहभागिता रहेको थियो । उनीहरुले नगरपालिकाले साहित्यिक सम्मान कार्यक्रम गरेकोमा प्रसंसा गरेका छन् ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com