विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन सरकार चल्न नसकेको भन्दै वर्तमान सरकारले देशका लागि केही दिन नसकेको बताए । शुक्रबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै ओलीले बताए ।
ओलीले भने, ‘यो सरकार अपराधीको संरक्षकको रुपमा, सुन तस्करको संरक्षकको रुपमा देखियो । यसले नेपाली जनता र राष्ट्रलाई केही पनि दिएन’, ‘यो सरकार रहनु देशका लागि दुर्भाग्य हो ।’ ओलीले पार्टी सरकारमा जान इच्छुक नरहेको र वर्तमान सरकार ढल्ने उपयुक्त आधार पनि नदेखिएको बताए ।
उनले सत्ता साझेदार दल नेपाली कांग्रेसमा देशप्रतिको चिन्ता नभएको भन्दै तत्काल सरकार परिवर्तनको सम्भावना आफूले नदेखेको पनि बताए । ‘कांग्रेसमा देशप्रतिको चिन्ता छैन । उ बेग्लै संसारमा छ’, ओलीले भने ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com