पौष, ६ । नेपाल–चीन प्रमुख व्यापारिक केन्द्र तातोपानी नाका खुलाउन सिन्धुपाल्चोकका सांसदहरुले पहल गरेका छन् । भुकम्प र बाढि पहिरोले लामो समयदेखि सिन्धुपाल्चोकमा पर्ने तातोपानी नाका बन्द अवस्थामा छ । सोही नाका सहज रुपमा सञ्चालनको लागि पहल गरिदिन आग्रह गर्दै नवनिर्वाचित प्रतिनिधिसभा सदस्य माधव सापकोटा ’सुबोध’, बागमती प्रदेशसभा सदस्यहरु सरल सहयात्री र अमृता नेपाललगायतको टोलीले आज माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटी ज्ञापनपत्र बुझाएका हुन् ।
‘नेपाल सरकार र मातहतका कुटनीतिक निकायहरुको तर्फबाट पर्याप्त पहल हुन नसकेको महसुस गरेका छौँ । नाका खुलाउने विषयमा नेपाल उद्योग वाणिज्य संघ मार्फत सरोकारवाला निकायहरुमा जानकारी गराउँदा पनि कुनै पहल तथा प्रयास नभएकोमा गम्भिर ध्यानाकर्षष भएको छ’, सांसदहरुले बुझाएको ज्ञापनपत्रमा उल्लेख छ । ज्ञापनपत्र बुझ्दै अध्यक्ष प्रचण्डले नाका खुलाउने विषयमा आफु गम्भिर भएको र सक्दो पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।
२०७२ सालको भुकम्पपछि बन्द रहको तातोपानी नाका पहिलेको अवस्थामा फर्कन सकेको छैन् । दिनमा थोरै मात्रै मालवाहक गाडीहरु चिनियाँ पक्षले नेपाल पठाउन दिने गरेका छन् भने निर्यात ठप्प छ । चीनबाट नेपालमा आयात मात्र हुने निर्यात नहुने कारणले गर्दा लामो समययता व्यापार घाटा वर्षै पिच्छे बढीरहेको छ । तातोपानी नाका बन्द हुँदा झण्डै १० हजारले प्रत्यक्ष रुपमा रोजगारी गुमाएका छन् ।
यस्तै, सांसदहरुले सिन्धुपाल्चोकको लाईफलाइनको रुपमा रहेको अरनिको राजमार्ग दिनप्रतिदिन जीर्ण बन्दै गएकाले सडक विस्तार र स्तरउन्नतीका लागि पहल गरिदिन आग्रह गरेका छन् ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com