फागुन, २७ । माघ मसान्तसम्मका अर्थतन्त्रका अधिकांश सूचक सकारात्मक देखिएका छन् । केन्द्रीय बैंकले आज सार्वजनिक गरेको चालू आर्थिक वर्षको सात महिनाको तथ्यांकमा आधारित ‘मुलुकको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ प्रतिवेदनअनुसार आर्थिक सूचक सकारात्मक देखिएको हो ।
नेपाल राष्ट्र बैंकका अनुसार माघ मसान्तसम्ममा वार्षिक विन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकांकमा आधारित मुद्रास्फीति ५.०१ प्रतिशत छ। सात महिना अवधिको सरकारको खर्च रु. ६ खर्ब ८६ अर्ब ७५ करोड र राजस्व परिचालन रु. पाँच खर्ब ६७ अर्ब ४० करोड छ।
सरकारले चालू आवका लागि मुद्रास्फीति ६.५ प्रतिशतको वाञ्छित सीमाभित्र राख्ने लक्ष्य राखेको छ। सात महिना अवधिमा आयात २.३, निर्यात ७.१ र कुल वस्तु व्यापार घाटा १.८ प्रतिशतले घटेको छ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com