पुष, २ । अहिले नेपाल प्रहरीमा डिएसपीबाट एसपी अर्थात प्रहरी उपरिक्षकमा बढुवा हुनेहरुको तिब्र प्रतिस्पर्धा छ । रिक्त रहेको ७ वटा एसपी पदमा बढुवाका लागि १२ जना डियसपीहरु एक प्रकारको दौडधुपमा छन् । तर ती मध्य केही डियसपीहरु बास्तवमै काविल र अपराध अनुसन्धानमा रोल मोडल प्रहरी अधिकृतहरु नै छन् । जो बढुवाका लागि योग्य छन् । तर नेपाल प्रहरीमा हुँदै आएको चाकडीबाज र शक्तिशाली व्यक्तिका नातेदारहरुले बढुवामा प्राथमिकता पाउने रोग यो पटक पनि नहोला भन्न सकिन्न ।
एसपीहरू वसन्त रजौरे, रविकुमार पौडेल, नवीनराज राई, वीरबहादुर ओली र चन्द्रदेव राई एसएसपीमा बढुवा भएका थिए । यसअघि २ जनाको दरबन्दी खाली थियो । अहिले रिक्त दरबन्दीको संख्या ७ पुगे पनि प्राविधिकतर्फको २ वटा दरबन्दी समेत समायोजन गरेर ९ जना बढुवा गर्ने तयारीमा प्रहरी प्रधान कार्यालयको छ । प्राविधिक र सवारी व्यवस्थापन शाखामा रिक्त भएको दरबन्दीलाई समेत नेपाल प्रहरीतर्फ ल्याएर ९ जना बढुवा गर्ने प्रयास भइरहेको छ ।
अघिल्लो पटकको बढुवामा छुटेको टोलीलाई यसपालि समेट्नका लागि दरबन्दी मिलान गर्न लागिएको हो । अघिल्लो वर्ष अर्थात्, २०७९ भदौ १२ मा डीएसपीबाट एसपीमा ३० जनालाई बढुवा गरिएको थियो । त्यसमा २०६१ सालमा इन्स्पेक्टरमा भर्ना भएको टोलीबाट केही छुटेका थिए । कारबाही र विभिन्न कारणले अन्य केही डीएसपीहरू समेत छुटे । यसपालि तिनीहरूलाई समेटेर प्रहरी प्रधान कार्यालयले कार्यक्षमताका आधारमा बढुवा गर्ने तयारी गरेको छ ।
ती मध्यको एक नाम हो डियसपी अंगुर जिसि । नेपाल प्रहरीका एक काविल अनुसन्धान अधिकृतको रुपमा संगठनमा अंगुर जिसिलाई लिइन्छ । निर्मला हत्या प्रकरणमा अनुसन्धान गिजोलिएपछि प्रहरी हेड क्वार्टरले अंगुर जिसिलाई घटनास्थलमा खटाएको थियो । त्यो हत्या प्रकरणमा अंगुरले दिलिपसिंह विष्ट नाम गरेका व्यक्तिलाई पक्राउ पनि गरेका थिए । पछि स्वायब परिक्षण म्याच नभएको भन्दै विष्टलाई रिहा गरियो र अंगुरलाई प्रहरीले निलम्बननै गर्याे । तर पछि प्रहरी अनुसन्धानले अंगुरको गल्ती नभएको निष्कर्ष देखायो । अंगुर अहिले पनि निर्मला हत्या प्रकरणको अपराधी दिलिप सिंह विष्ट नै हुन् भन्ने दावी गर्छन् । तर यो प्रकरण यसै गिजोलियो । पछि पुन प्रहरी सेवामा फर्किएका अंगुर बढुवामा छुटेका थिए । त्यसबेला वास्तवमै अंगुरले निर्मला हत्या प्रकरणमा अनुसन्धान टुंगोमा पुर्याउनै आँटेको बेला राजनीति गिजोलिएको र अंगुर वास्तवमा सही थिए भन्ने सबैले अनुभुती गरिरहेका छन् । उनै डियसपी अंगुर जिसि बढुवाको लाइनमा छन् ।
बढुवामा एक स्टेप पछि परेका अंगुर सम्भवत एक नम्बर बढु्वा हुनु पर्ने काविल अफिसर हुन् । उनै अंगुर जिसिले आफू काविल रहेको प्रमाणित गर्दै गत तीन कुनै सामुहिक हत्याका अपराधी सञ्जय भण्डरीलाई २४ घण्टा नवित्दै नियन्त्रणमा लिन सफल भए । यो अपराध अनुसन्धानमा अंगुर जिसिले मुख्य भूमिका निभाएका थिए ।
अहिले एसपीमा बढुवा हुने लाइनमा रहेका मध्य पहिलो नम्बरमा डीएसपी प्रदीपबहादुर क्षेत्री छन् । त्यसपछि दोस्रो नम्बरमा अंगुर जीसी रहेका छन् । ढकेन्द्र खतिवडा, यादव ढकाल, श्यामबाबु ओलिया, नारायण रञ्जितकार, निरञ्जन दत्त भट्ट, राजन लिम्बू, सन्तोष तामाङ, एकनारायण कोइराला, अनन्त शर्मा र विनोद घिमिरे क्रमस लाइनमा देखिएका छन् ।
यीमध्येमा दरबन्दी मिलान नभएको खण्डमा ७ जना बढुवा हुनेछन् । त्यसमध्ये वरिष्ठताका आधारमा ७ जना बढुवा भएमा निरञ्जन भट्टसम्म बढुवा हुने देखिन्छन् । ९ जना बढुवा भएको खण्डमा सन्तोष तामाङसम्म बढुवा हुने देखिएको छ । तर, अहिले सिनियरभन्दा कार्यक्षमतालाई आधार मान्ने तयारी रहेकाले यसमध्ये केही छुट्ने र पछाडिबाट केही आउने सम्भावना पनि छ । अहिले आकांक्षी केहीले आफू निकटका राजनीतिक दलबाट दबाब दिइरहेका छन् ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com