वैशाख, २१ । अर्थमन्त्री बर्षमान पुनले पर्याप्त सुधार गरेर आगामी बर्षको बजेट ल्याउने तयारी भइरहेको बताउनुभएको छ । शुक्रबार सिंहदरबारमा बसेको राष्ट्रियसभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समिति बैठकमा सरकारको नीति तथा कार्यक्रमका बारेमा सरोकारवाला निकायसंग छलफल भइसकेको भन्दै प्रत्याप्त सुधार गरेर आगामी आर्थिक बर्षको बजेट ल्याउने तयारी भइरहेको जानकारी दिनुभयो ।
उहाले संसदको बजेट अधिवेशनको सुरुमै नीति तथा कार्यक्रम पेश गर्ने तयारी भएको जानकारी दिदै त्यसमा प्रयाप्त छलफल गरेर बजेटलाई अन्तिम रुप दिने धारणा राख्नुभयो । अर्थमन्त्री पुनले बजेटको सिलिङमा थप गर्नुपर्ने दवाव बिभिन्न मन्त्रालयबाट आएको भन्दै यसका कारण स्रोत व्यवस्थापनमा समस्या हुन सक्ने बताउनुभयो । अर्थले तोक्ने सिलिङका आधारमा सांसदहरुको माग पनि पुरा गर्ने प्रयास गरिने उहाले बताउनुभयो । त्यस्तै मन्त्री पुनले गत बर्षको आधारमा अहिले आर्थिक अवस्था राम्रो हुदै गएकाले यस आर्थिक बर्षमा चार प्रतिशत भन्दा बढि आर्थिक बृद्धिदर हुने मन्त्रालयको अनुमान रहेको जानकारी दिनुभयो ।
उहाले आइटी क्षेत्रलाई प्रवद्र्धन , कृषि तथा उत्पादनमूलक क्षेत्रलाई प्राथमितामा राखेर बजेट ल्याउने तयारी भइरहेको बताउनुभयो ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com