
काठमाडौँ । सोलुखुम्बुको दुधकोशीमा अस्थायी बेलीब्रिज बगाएपछि कोशीपारीका दुई पालिकाका स्थानीयले दुख पाइरहेका छन् । भदौ ७ गते आएको बाढीले पुलको आधा भाग बगाएपछि सदरमुकाम तथा अन्य जिल्लासंगको सडक यातायात विच्छेद भएको छ । सडक मार्ग विच्छेद हुँदा स्थानीयको आवतजावत प्रभावित बनेको छ भने दैनिकि दिन प्रतिदिन कष्टकर बन्दै गएको छ ।
तत्काल अस्थायी बेलिब्रिज निर्माणका लागि केन्द्र सरकार तयार रहे पनि नदीमा पानीको वहाव नघटेकाले पुल निर्माणको स्थलगत कार्य अन्योलमा परेको छ । दशैँ अगावै पुल निर्माण सक्ने गरि जनप्रतिनिधिहरुले पहल थालेका छन् । यद्यपी पुल नहुँदा स्थानीयले नमिठो सास्ती बेहोर्नु परेको छ । पहिरोका कारण सोताङ तथा महाकुलुङ गाउँपालिकामा संचालित चार पांग्रे सवारी साधनहरुलाई स्काभेटर र फलामे लठ्ठाको सहायतामा वारी (थुलुङदुधकोशी गाउँपालिका) तर्फ तार्ने क्रम जारी छ । तीन गाउँपालिका र दुधकोशी तथा हुंगा खोलामा संचालित जलविद्युत आयोजनाको सहकार्यमा खाद्य वस्तु, निर्माण सामग्रीहरु यसरी नै नदी पार गर्ने गरिएको छ ।
पुल अभावकै कारण कोशी पारीका दुई गाउँपालिकामा महंगी नबढोस र उपभोग्य बस्तुको अभाव नहोस भन्ने उद्देश्यसहित ढुवानीमा यस्तो विकल्प अपनाइएको सोताङ गाउँपालिकाका अध्यक्ष खिलाराज बस्नेतले जानकारी दिए । उनले भने, ‘पुलकै कारण देखाएर व्उापारीहरुले मुल्यवृद्धि नगरुन भनेर अस्थायी उपाय अवलम्बन गरिएको हो । पुल नबन्दासम्म यसैगरी सामान ढुवानी गर्छाैँ । चलिआएको मुल्य भन्दा एक रुपैयाँ मात्रै बढि उपभोक्तासंग लिए पनि कारवाही गर्ने भनेका छौँ ।’ सोताङ र महाकुलुङ गाउँपालिकाले आफ्नो बजार तथा व्यवसायकि क्षेत्रको अनुगमन गर्ने, मुल्यलाई स्थिर राख्ने कार्य गरिरहेको छ ।
महाकुलुङ गाउँपालिकाका अध्यक्ष सूर्य कुलुङले एकातिर पुल निर्माणलाई छिटो अघि बढाउने अर्कातिर स्थानीय उपभोक्तालाई असर नपर्ने गरि बजार व्यवस्थापनमा जोड दिएको बताएका छन् । हाल दुई पांग्रे मोटरसाइकललाई झोलुंगे पुल माफृत आवत जावत मिलाउन दुवै तर्फ सुविधायुक्त ट्रयाक निर्माण गरिएको छ । ‘गाउँपालिकाको खर्चमा ट्रयाक निर्माण गरि झोलुंगे पुलसम्म मोटरबाटो पुयाइएको छ, यत्ति भएपछि मोटरसाइकल यात्रा चाहीँ सुरु भएको छ ।’ सोताङ अध्यक्ष बस्नेले भने ।
यात्रु तथा सामान ढुवानीमा सहायता गर्नका लागि स्थानीय तहले दिप्लीघाटमा नियमित कर्मचारीकै व्यवस्थापन गरेको छ ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com