फागुन, २३ । काठमाण्डौको बुढानिलकण्ठ नगरपालिका बस्ने कृष्ण बहादुर श्रेष्ठ घुँडा, कम्मर र ढाढ दुख्ने समस्याले हिड्नै नसक्ने अवस्थामा पुगेका थिए । लामो समयदेखि हिड्न नसकेर उनी अधवैँशे उमेरमै कुजिनुपर्दा निकै चिन्तीत भए । उनलाई आफ्नो शारिरिक अवस्था हेर्दा लाग्थ्यो अब जिन्दगीभर नै ओछयानमा सुतेर मृत्यु कुर्नुपर्ने भयो । तर, अहिले उनी ठिकठाक छन् । उनी आफैलाई पनि पत्यार लाग्दैन कि आफु ठिक छु भनेर । यो सवै वेलनेश हस्पिटलको उपचार पद्यतीबाट संभव भएको छ । यस हस्पिटलमा प्राकृतिक उपचार पद्यतीबाट हाडजोर्नी तथा नसासम्बन्धी उपचार गरिन्छ । १० दिनको प्याकेजमा उपचार गराएका श्रेष्ठले ३ दिनको उपचार पछि नै आफुलाई छिट्टै सुधार भएको फरक अनुभुति गरे ।
उनी मात्रै होइन्, ओखल्ढुंगादेखि आएकी अमृतमाया मगरको पनि त्यस्तै अनुभव छ । उनी खुट्टा द्ख्ने, पोल्ने र झमझमाउने समस्या लिएर वेलनेस हस्पिटल आइपुगिन् । हस्पिटलको सेवाबारे उनले अरु साथीभाईबाटै सुनेकी थिईन् र काठमाण्डौका अरु ठूला अस्पताल छाडेर वेलनेस पुगेको बताइन् । १० दिनको प्राकृतिक उपचारसँगै थेरापी अकुपन्चरलगायतका सेवाबाट उनी निकै प्रभावित भईन् । १० दिनमै ठिक भएर अहिले उनी घर फर्किसकेकी छिन् । यी उदाहरण पात्र मात्रै हुन् । कृष्णबहादुर र अमृतमाया जस्ता हजारौँ बिरामीहरुको सफल उपचार गराईसकेको छ महाराजगंन्जमा रहेको वेलनेस हस्पिटलले । विशेषगरि नसा च्यापिएको, डाढ कम्मर दुख्ने, खुट्टा पोल्ने तथा झमझमाउने विरामीहरुको लागि यहाँ उपचार हुन्छ । हस्पिटलले नसाको समस्या भएकाहरुलाई अकुपञ्चर, थेरापी, मसाजसहित अरु प्राकृतिक उपचार गराउने गरेको छ ।
केही वर्ष अघि हालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी श्रीमती सिता दाहालको समेत यस अस्पिटलमा उपचार गरिएको थियो । उहाँको प्राकृतिक उपचारलाई मन पराएर देशभरका विभिन्न ठाउँबाट यस हस्पिटलमा बिरामीहरु आउने गरेका हस्पिटल सञ्चालक झरना थापाले बताईन् ।
उनले भनिन्, ‘हामीले वर्षौ भयो उपचार गरेको विरामीहरु हामीसँग सन्तुष्ट हुनुहुन्छ, हामी पनि त्यसमै खुसी छौँ ।’ उनले थपिन्, ‘व्यवसाय भन्दा पनि हाम्रो लागि हाम्रो सेवाले बिरामी निको हुनु नै ठूलो कुरा हो ।’ औषधिको प्रयोगबिनै यस अस्पतालले हजारौँको ज्यान बँचाएको छ । अहिले यस अस्पतालमा योग, प्राकृतिक चिकित्सा, फिजियोथेरापी, अकुपंचर जस्ता प्राकृतिक र हानिरहित विधिद्वारा वाथ, प्यारालाइसिस, नसा च्यापिएको, पिनास र माइग्रेन, ग्यास्ट्राइटिस, कब्जियत, पाइल्स, मानसिक तनाब, डिप्रसन र अनिन्द्रा, मोटोपन, उच्च रत्तचाप, मधुमेहलगायतको सफल उपचार गरिन्छ ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com