असार, २९। काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वषको नीति कार्यक्रम र बजेट सर्वसम्मत पास गरेको छ । महानगरपालिकाका मेयर बालेन साहले नगर सभा वैठकमा निर्णयार्थ पेश गरेको बजेट र नीति कार्यक्रम संशोधनसहित पास भएको हो । महानगरको असार १० को नगर सभा बैठकमा उपप्रमुख सुनिता डंगोलले, आर्थिक वर्ष २०८०र०८१ का लागि बजेट र विनियोजन विधेयक पेश गरेकी थिइन् ।
महानगरपालिकाले २५ अर्ब ५४ करोड ७८ लाख २० हजार रुपैयाँको बजेट ल्याएको छ । जसमा चालुतर्फ ८ अर्ब ६१ करोड ५३ लाख २८ हजार रुपैयाँ र पुँजीगततर्फ १६ अर्ब ९३ करोड २४ लाख ९२ हजार रुपैयाँ विनियोजन भएको छ ।
२६ असारबाट सुरु भएको बजेट माथिको छलफल शुक्रबार सकाएर नगर सभाबाट बजेट पारित भएको हो । बजेटमा वडाध्यक्ष र नगर सभा सदस्यहरुले राखेका संशोधन सहित पारित भएको छ ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com