माघ, १४ । नेपाल प्रहरीको इतिहासमा अहिलेसम्म गर्वका साथ लिइने नाम हो प्रहरी महानिरिक्षक खड्गजित बराल । र आउने पुस्तौँ पुस्ताले पनि नेपाल प्रहरीमा खड्गजित बरालको नाम उच्च सम्मानका साथ लिनेछन् । प्रहरीमा सेवा प्रवेशदेखि अविरल रूपमा अब्बल दर्जाको अधिकृत भएर अवकाशपछि पनि अभिभावकको रूपमा सम्मान र इज्जत कमाउन सफल व्यक्तित्व हुन्, पूर्व आइजिपी खड्गजीत बराल ।
बराल विसं २०२९–२०३५ सम्म नेपाल प्रहरीका आइजीपी बने । २००७ साल देखिको नेपाल प्रहरीको इतिहासमा बरालको कार्यकालबाटै नेपाल प्रहरीको वृत्तिविकास भएको थियो । बरालको कार्यकाल भन्दा पहिलेसम्म नेपाल प्रहरीको क्षमता अभिबृद्धिका लागि बैदृशिक तालिमहरु शुन्य जस्तै थिए। बराल आइजीपी बनेपछि आफैँ तालिमका लागि भारत, चीन अमेरिका अजस्ता देशहरुमा पुगे । उनकै कार्यकालमा नेपाल प्रहरीका अधिकृतहरूले बढी भन्दा बढी वैदेशिक तालिम गर्न पाए । उनकै कार्यकालमा नेपाल प्रहरीका अधिकृतहरूलाई संयुक्त अधिराज्य बेलायतबाट विधि–विज्ञानमा फिङ्गर–प्रिन्ट, बलिस्टिक्स तथा भारतबाट प्रति–जासुसी, फोटोग्राफी र संचार–सम्बन्धी आदि तालिम गराइए । यहीँबाट नेपाल प्रहरीको क्षमता अभिबृद्धि सुरु भएको थियो । उनीहरूलाई भारतको सीमा सुरक्षा बल (बोर्डर सेक्युरिटी फोर्स) बाट फिल्ड–क्राफ्ट, म्याप–रिडिङ, कमाण्डो र कम्पनी–कमाण्डरका प्यारा–मिलिटरी कोर्स गराइए । सो तालिमको फलस्वरूप बरालले लेखक लगायतका तालिमप्राप्त प्रहरी अधिकृतहरूद्वारा स्वदेशमैमा तालिम संचालन गराउने परम्पराको थालनी गरे ।
तपाईलार्य पत्उान पनि गाह्रो पर्ला । नेपाल प्रहरीलाई त्यस अघि सम्म खाने र बस्ने ठाउँको सम्म सुविधा थिएन । प्रहरीहरू पाटी र सत्तलहरुमा बस्न बाध्य थिए । उनस् संगठन प्रमुख भएपछि २०३० सालमा समस्त नेपाल प्रहरीका लागि रासन–पानीको व्यवस्था गरियो । २०३१ सालमा आइजिपी बरालबाट नेपाल प्रहरीमा पहिलो पटक छुट्टै ईन्जिनियरिङ–शाखा (हाल भौतिक–पूर्वाधार निर्देशनालय) स्थापना गरेर शाखा–प्रमुखमा ईन्जिनियरलाई वरिष्ठ पदमा स्थायी नियुक्ति दिइयो । साथै, केही ओभर्सियरलाई पनि स्थायी नियुक्ति दिइयो । त्यसपछि प्रहरीका भवन र कार्यालयहरु निर्माण हुन थाले । र भवनहरु निर्माण गर्न आइजीपी बराल राजासंग बजेट माग्न पुग्थे । र बनेका भवनहरु आफेँ उद्घाटन गर्थे । यो तस्वीर विसं २०३४ मा प्रहरी र स्थानीयको सहकार्यमा निर्मित तनहुँस्थित प्रहरी चौकी आँबु खैरेनीको उद्धघाटनका क्रममा लिइएको तस्वीर हो जहाँ तत्कालीन आइजिपी बराल उपस्थित थिए ।
बरालको पहलमा सीमित बजेट र स्रोतसाधनबाट नेपालभरि प्रहरी भवन निर्माण गर्न सम्भव भयो। प्रहरी, स्थानीय–प्रशासन र जनसहयोगबाट राष्ट्रिय पहिचान झल्किने एकै–खालको पेगोडा–शैलीका चौकी, थाना र ब्यारेक लगायतका अन्य प्रहरी भवन बनाउने राष्ट्रव्यापी अभियाननै थालियो । त्यस्ता आकर्षक अधिकांश प्रहरी चौकीहरु जनयुद्धको समयमा विद्रोही पक्षबाट भत्काइए ।
सुन्दा अचम्म लाग्ला पहिला प्रहरी आफैले युनिफर्मको खर्च व्यहोर्नु पर्थ्यो। बरालकै कार्यकालमा २०३३ सालदेखि नेपाल प्रहरीका सम्पूर्ण सदस्यका लागि पहिलो पटक निःशुल्क पोशाकको व्यवस्था गरियो। यसका लागि सोही सालदेखि सरकारबाट बजेट निकासा भयो । भूतपूर्व प्रहरुी अधिकृतहरुका अनुसार त्यस बेला आइजीपी बरालले प्रहरुलिाई बजेटको निकासा गराउन नहिच्किचाई दरवारसंग सिधै कुरा राख्थे ।
पहिला नेपाल प्रहरीमा स्वास्थ्य–सेवातर्फ साधारण उपचारका लागि मेडिकल–इन्स्पेक्सन (एमआई) कक्षमात्र थिए। २०३०–३२ सालतिर प्रहरी प्रमुखका हैसियतले बरालको भारत सरकारको औपचारिक भ्रमणको क्रममा नेपाल प्रहरीका लागि २५ शय्याको अस्पताल बनाउन भारत–पक्षसँग सहमति भयो। पछि उनकै कार्यकालमा नेपाल प्रहरीका लागि ५० शय्याको अस्पताल बनाउन भारत सरकार सहमत भयो। त्यस्तै, बरालकै पहलमा २०३३ सालमा डा. प्रेमलाल श्रेष्ठ लाई नेपाल प्रहरी अस्पतालको प्रमुख बनाए । डियसपीको नियुक्री दिलाएर प्रहरीमा स्वास्थ्योउपचारको भरपर्दाे व्यवस्थाको सुरुवात गराए । त्यसैले प्रहरी संगठनमा भन्ने गरिन्छ– खड्गजीत बराललाई रासनको सिता, भवनको भित्ता अनि युनिफर्मको फित्तासम्मले सम्झिन्छ।
नेपालको सीमा–सुरक्षाको चासो र अवधारणाको विकास पनि बरालबाट भयो। बरालको कार्यकालमा २०३३ सालको प्रहरी इन्सपेक्टरको दरबन्दी त्यही प्रयोजनका लागि खडा गरियो। फलस्वरूप त्यसैबेला पुलिसका इन्स्पेक्टरले नेतृत्व गर्ने नेपाल–भारत सीमा र नेपाल–चीन सीमा गरेर करिब ३० ठाउँमा सीमा प्रहरी चौकी स्थापना भए । बराल आइजिपी हुँदा उनले प्रहरी प्रमुखको हैसियतले इन्टरपोल (अन्तर्राष्ट्रिय प्रहरी संगठन) को सम्मेलनमा पहिलो पटक भाग लिए ।
२०३० को दशकको प्रारम्भसम्म पनि नेपाल प्रहरीलाई बल प्रदर्शन गर्ने संगठनको रूपमा हेर्ने गरिन्थ्यो। त्यसलाई आजभोलि सामुदायिक प्रहरी र ’प्रहरी मेरो साथी’ अभियानले जनता र प्रहरीबीच सेतु बनाउने प्रचलन बढेको छ । बरालको कार्यकालमा खेलकुदको माध्यमबाट नेपाल प्रहरी एकैचोटी लोकप्रिय बन्न पुग्यो। उनकै कार्यकालमा फुटबल, जुडो, कराते, जिम्न्याष्टिक्स, एथ्लेटिक्स र बक्सिङ जस्ता विविध विधाका बहुआयामिक तथा शिक्षित युवापिँढी प्रहरी सेवाप्रति आकर्षित भए ।
पूर्व–आइजिपी अच्युतकृष्ण खरेल, पूर्व–डिआइजी रुपाल शमशेर जबरा, पूर्व–एसएसपी बाबुराम पुन, पूर्व–एसपी रूपकराज शर्मा, पूर्व इन्स्पेक्टर त्रय अशोक केसी, सुरेश पन्थी, धीरेन्द्र प्रधान र लोक बहादुर शाही आदि जस्ता खेलकुदका हस्तीहरूलाई नेपाल प्रहरीमा नियुक्त गर्ने काम बरालबाटै सुरु भयो।
विसं २०३० अघिसम्म नेपाल प्रहरीका सदस्यहरू अवकाशपछि सम्पर्कविहीन झैँ हुन्थे। नेपाल प्रहरीमा लामो सेवा गरेर हराएका प्रहरीलाई सम्झने कोही हुँदैनथे। यो कुरालाई मनन गरेर आइजिपी बरालले २०३० सालमा पहिलोपटक ’प्रहरी पुनर्मिलन दिवस’ मनाउने परम्पराको थालनी गरे । बराल रुखो र ठाडो तर बहादुर स्वभावका थिए र पनि ओखरभित्रको गुदी जस्तै मायालु थिए ।
बरालले २०३५ सालमा प्रहरी सेवाबाट अवकाश पाएपनि जीवनपर्यन्त पूर्व तथा बहालवाला प्रहरीहरूसँग अनवरत रूपमा सद्भाव र सम्पर्क राखिरहन्थे । उनीसंग मात्रै होइन पुरै संगठनलाई नेपाल प्रहरी प्रतिको अगाध माया र निष्ठाको भाव जगाउँथे । तर दुर्भाग्यवश यो परम्परा २०४६ सालको परिवर्तनपछि केही प्रहरी प्रमुखबाहेक अन्य सबैले मातहतका प्रहरीका लागि लड्नभन्दा आफ्नो हित र स्वार्थलाई बढी महत्व दिन थाले र उनीहरूमा आत्म–समर्पणको प्रवृत्ति हाबी हुँदै गयो । जसरी पनि राजनीतिक शक्ति रिजाएर आफ्नो प्रोमोसन र सुविधाका लागिमात्रै लागिरहे । आज पर्यन्त नेपाल प्रहरीको संगठन यस्तै प्रवृत्तिले धुमिल बनिरहेको छ ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com