असार, २ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मेलम्ची खानेपानी आयोजनाको स्थलगत अवलोकन तथा निरीक्षण गरेका छन् । उनले हेलम्बु गाउँपालिका १, अम्बाथानस्थित परियोजना मुहान तथा बाँधको निरीक्षण गर्नुका साथै आयोजनाको वर्तमान अवस्था, जोखिम तथा चुनौती र सरकारले तत्काल गर्न पर्ने कामबारे आयोजना प्रमुखबाट जानकारी लिए । प्रधानमन्त्री प्रचण्डले सरकारको तर्फबाट जोखिमको बीचमा पनि काठमाडौंवासीको प्यास मेटाउन अहोरात्र खट्ने कर्मचारी र सरोकारवालाहरुलाई धन्यवाद दिदै सरकारले आयोजना कार्यान्वयनमा कुनै कसर बाकी नराख्ने बताएका छन् ।
मेलम्ची खानेपानी आयोजनाको निरिक्षणमा प्रधानमन्त्रीको साथमा खानेपानीमन्त्री महेन्द्र राय यादव र स्वास्थ्यमन्त्री मोहन बहादुर बस्नेत सहभागी थिए ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com