वैशाख, २० । नेपाली राष्ट्रिय क्रिकेट टीमका कप्तान रोहित कुमार पौडेलले आईसीसी टी–२० विश्वकपका लागि नेपाली खेलाडी तयारी अवस्थामा रहेको बताएका छन् । बुधबार वेस्ट इन्डिज ‘ए’ संगको तेश्रो खेलपछि पोष्ट म्याच कन्फ्ररेन्समा पौडेलले सवै खेलाडीहरुको खेल हेरिसकेको भन्दै विश्वकपका लागि नेपाली खेलाडी तयारी अवस्थामा रहेको बताएका हुन् । अहिले खेलिरहेका सवै खेलाडीहरु फिट रहेपछि विश्वकप खेल्ने १५ खेलाडीबारे स्पष्ट भइसकेको उनले बताए । उनले विश्वकप खेल्ने नेपाली टिम मजबुद रहेको जिकिर गरे । पौडेलले दुई खेलपछि आफु आरामका लागि तेश्रो खेल नखेलेको बताए ।
त्यस्तै नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक मोन्टी देसाईले वेस्ट इन्डिज ‘ए’ संगको जारी सिरिजमा नेपाली टीमलाई निकै अनुभव भएको बताए । उनले नेपाली टीमको तयारीप्रति पूर्ण रुपमा सन्तुष्ट रहेको भन्दै दवावलाई सम्हान सक्ने अवस्थामा टीम रहेको जिकिर गरे ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com