चैत, १० । सरकारले सिन्धुपाल्चोकमा रहेको जुगल हिमाल आरोहरण गर्ने १० जना आरोहीहरुको लागि सलामी दस्तुर मिनाहा गर्ने भएको छ । गएको चैत ८ गतेको मन्त्रिपरिषद् बैठकले ७ जना कोरियनसहित १० जना आरोहीको आरोहण वापत लिईने सलामी दस्तुर मिनाहा गर्ने निर्णय गरेको हो ।
मन्त्रिपरिषद बैठकका निर्णय सुनाउँदै सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री रेखा शर्माले जुगल हिमाल आरोहणका लागि सरकारले नेपाल र गणतन्त्र कोरियाबीच कुटनीतिक सम्बन्ध स्थापित भएको ५० वर्ष पूरा भएको अवसरमा ७ जना कोरयाली र ३ जना नेपाली गरी १० पर्वतारोहीको जुगल हिमाल १ र २ आरोहणमा लाग्ने सलामी दस्तुर मिनाह गरेको जानकारी दिइन् ।
यसका लागि गएको माघमा सिन्धुपाल्चोकबाट निर्वाचित प्रतिनिधिसभा सदस्य माधब सापकोटा सुबोध, वागमती प्रदेश सभा सदस्य सरल सहयात्री पौडेल, जुगल गाउँपालिका अध्यक्ष रेशम स्याङ्बो, पर्यटन विभागका महानिर्देशक लगायतले समन्वयात्मक छलफल र पहल गरेका थिए ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com