पुष, ४ । सेलीगुडीदेखि रातनांगेको डाँडैडाँडा, सगरमाथालाई कर्के नजर लगाउँदै, बादलसंग लुकामारी गर्दै गज्जबको ट्रेकिङ । ट्रेकिङमा रमाउने, साइक्लीङमा दौडने, स्थानीय अर्गानिक परिकारको स्वाद लिँदै हिँड्नुको मज्जा । किराँती भेष, किराँती संस्कृति, किराँती संस्कारको आनन्द लिँदै रक क्लाइम्बीङको मज्जा पनि यही पदमार्गमा ।
हो यो आकर्षक पदमार्ग वास्तवमै नयाँ मार्ग हो ।
सोलुखुम्बुको सदरमुकाम सल्लेरी माथि माप्यदुधकोशीको शिरै शिर लेलिगुडी हुँदै रातनांगे, रात्नांगेबाट घुम्नेमेरा, त्यहाँबाट कुधेम हुँदै खास्ताप पुग्न सकिने दुई दिने पदमार्ग संचालनमा आएको छ । यो हप्ता ट्रकिङ एजेन्सी एशोसिएशन नेपाल टानका अध्यक्ष, महासचिवसहित एक दर्जन ट्रेकिङ व्यवसायीसहित पर्यटन व्यवसायीहरु, एक दर्जन संचारकर्मी र माप्य दुधकोशी गाउँपालिकाका जनप्रतिनिधिहरु नयाँ सुरु गरिएको पदमार्गमा आनन्दीत बने ।
सुरुमा सेलीगुडी डाँडामा गाउँपालिकाकै अनुदानमा तयार भएको गोठ स्टेमा बस्नु पर्नेछ । जहाँ हिमाली गोठको सुताईको अनुभव पर्यटकलाई गराउने गाउँपालिकाको रहर छ । भोली पल्ट विहान सुर्यदय र आाखै अगाडी सगरमाथा सहित खुम्बु हिमश्रृङखला हेर्दै रात्नांगे हुँदै घुम्नेमेरामा लन्चका लागि पुग्न सकिन्छ । कुधेममा टेन्टमा बास बस्नु पर्नेछ । यहाँ विहानीको चिसो हावासंगै अर्गानीक ब्रेकफास्टको मज्जा तपाईएका लागि अविश्मरणीय हुनेछ ।
त्सपछि दोस्रो दिन योतेल्मे टुरिस्ट सेल्टरमा बास बसेर तेस्रो दिन गाडीको बाटो पुन फर्कन सकिनेछ । यसका साथै माप्य दुधकोशी गाउँपालिकाले महभिरमा रक क्लाइम्बीङ सेन्टर तयार पारेको छ ।यही मौकामा यसको उदघाटन पनि गरिएको छ । झण्डै एक सय १० मिटर अग्लो अजंगको यो पत्थरमा रक क्लाइम्बीङ वास्तवमै अविस्मरणीय रहनेछ । पर्वत आरोहण रुचाउने जो कोहीका लागि अभ्यासका लागि महभिरको आरोहण महत्वपूर्ण हुन सक्छ ।
माप्य दुधकोशीले तल्लो सोलु पर्यटन प्रर्वद्धनका लागि एभरेष्ट कल्चरल ट्रेल संचालनमा ल्याएको हो । यस्तै टानका अधयक्ष निलहरि बास्तोलाले कल्चरल ट्रेलले तल्लो सोलुको पर्यटन प्रवद्र्धनमा योगदान पुग्ने विश्वास व्यक्त गरे । विदेशी पर्यटक तथा स्वदेशी पर्यटक भित्र्याउनका लागि ट्रेकिङ एजेन्सी, स्थानीय अगुवा तथा पर्यटन व्यवसायीहरुले अपनत्व लिन जरुरी छ ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com