काठमाडौँ । बाराको कलैया स्थित बाल एकता ईङ्गलिश बोर्डिङ स्कुलका प्रिन्सिपल रुपेश सर्राफ (गुड्डु)को हत्यामा संलग्नहरूलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रुपेशसँग प्रेम सम्बन्धमा रहेकी २१ वर्षीय युवती सहित ७ जना छन् । परस्त्रीसँगको सम्बन्धका कारण सर्राफको हत्या भएको प्रहरीको अनुसन्धान निष्कर्ष छ ।
सोमबार दुई वटा मोटरसाइकलमा आएका ४ जनाले सर्राफलाई गोली प्रहार गरेका थिए । उपचारको क्रममा वीरगन्ज स्थित बयोधा अस्पतालमा सर्राफको मृत्यु भएको हो । अहिले प्रहरीको नियन्त्रणमा रहेकी सर्राफकी प्रेमिका अर्कोतिर पनि प्रेममा थिइन् । दुईतिरको प्रेम सम्बन्धका कारण प्रेमिका कै योजनामा सर्राफको हत्या गरिएको प्रहरीको अनुसन्धान निष्कर्ष छ । ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com