फागुन, २७ । राष्ट्रिय सभा अध्यक्षको चुनाव फागुन २९ गते नै हुने संघीय संसद् सचिवालयले जनाएको छ । नेपाली कांग्रेसले राष्ट्रिय सभा अध्यक्षको चुनावको मिति सार्न गरेको प्रस्ताव अस्वीकृत भएको छ ।
आइतबार राष्ट्रिय सभाको बैठक बस्नु पूर्व भएको कार्यव्यवस्था परामर्श समितिको बैठकमा कांग्रेसका संसदीय दलका नेता कृष्णप्रसाद सिटौलाले चुनाव सार्न गरेको प्रस्ताव गरेका थिए । कांग्रेसले आफ्नो दलसँग सल्लाह नगरी चुनावको मिति राखिएको बताउँदै केही पछि सार्न माग गरेको थियो ।
यसअघि नै सो निर्वाचनको समय तय भएकोले निर्धारित मिति अर्थात फागुन २९ गते नै अध्यक्षको निर्वाचन हुने संघीय संसद् सचिवालयले जनाएको छ ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com