चैत, १४ । इलाम क्षेत्र नम्बर २ र बझाङको प्रदेश सभा १ ९१० मा हुने उपनिर्वाचनमा नेकपा माओवादी केन्द्रले उम्मेदवारी दिने भएको छ। आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पदाधिकारी बैठकले उपनिर्वाचन हुने दुवै क्षेत्रमा उम्मेदवारी दिने निर्णय गरेको हो ।
तर माओवादीले कसलाई उम्मेदवार बनाउने भन्नेबारे निर्णय गरेको छैन ।
बझाङ १ बाट सुदूरपश्चिम प्रदेशसभामा निर्वाचित नेपाली कांग्रेसका नेता पृथ्वीबहादुर सिंहको गत असार ५ गते निधन भएपछि ती दुवै क्षेत्रमा वैशाख १५ मा र इलाम क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित सुवास नेम्वाङको गत भदौ २५ गते निधन भएकाले उपनिर्वाचन हुन लागेको छ ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com