भदौ, ८ । नेपाल–चीन व्यापारिक नाका तातोपानी क्षेत्रको सडक स्तरोन्नति र मानसरोबर तीर्थयात्रा मार्ग सञ्चालन गर्न कुटनीतिक पहलका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको ध्यानाकर्षण गराईएको छ ।
प्रधानमन्त्री प्रचण्डको चीन भ्रमणको पूर्वसन्ध्यामा प्रतिनिधिसभा सदस्य माधव सापकोटा सुबोधसहितको एक प्रतिनिधि टोलीले प्रधानमन्त्री प्रचण्डसहित उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र परराष्ट्र मन्त्री एनपी साउदलाई ध्यानाकर्षणसहित ज्ञापनपत्र बुझाएको हो ।
ज्ञापनपत्रमा भनिएको छ, “बलेफी गाउँपालिका र बाह्रविसे नगरपालिकाको जुरेदेखि नाकासम्मको करिब ३० किलोमिटर सडक भुकम्प बाढीका कारण नराम्ररी बिग्रिएको छ । जीर्ण सडकका कारण सो क्षेत्रमा निकै सास्ती खेप्नु परेको छ । चीनसँगको मितेरी पुल रहेको, ऐतिहासिक नाका क्षेत्र जोड्ने सो सडकको स्तरोन्नतिका लागि विशेष व्यवस्थाको हाम्रो पुरानै माग सुनुवाई हुन सकेको छैन, यस सन्दर्भमा सम्माननीय प्रधानमन्त्रीज्यूको ध्यान जाने छ भन्ने विश्वास व्यक्त गर्दछु ।”
त्यस्तै, आगामी सेप्टेम्बरदेखि मावव आवत जावत सुचारु गर्ने सहमती भइसकेकोमा तिब्बतस्थित धार्मीक तिर्थस्थल मानसरोबर यात्राका लागि सो रुटको प्रयोग गर्ने व्यवस्थाका लागि प्रधानमन्त्रीले चीन भ्रमणका क्रममा कुटनीतिक पहल गरिदिन आग्रह गरिएको छ ।
ज्ञापनपत्र बुझाएपश्चात सांसद सापकोटाले प्रधानमन्त्रीको चीन भ्रमण र यसबिचमा हुने उच्चस्तका कुटनीतिक भेटघाटले ऐतिहासिक तातोपानी नाकासँग सम्बन्धीत विषयहरुले प्राथमिकता पाउने छन् भन्नेमा आफु विश्वस्त रहेको बताए । उनले भने,“ सो क्षेत्रबाट प्रत्यक्ष निर्वाचित जनप्रतिनिधि एवं स्थानीय राजनीतिकर्मीसहित हाम्रो टीमले बाह्रविसे लिपिङ सडक खण्डको मर्मत, स्तरोन्नति र पर्यटकीय रुटका सन्दर्भमा समेत प्रधानमन्त्री प्रचण्डको विशेष ध्यानाकर्षण गराएका छौँ ।”
सांसद सापकोटासहित बागमती प्रदेशसभा सदस्यहरु अमृता नेपाल, माईलि तामाङ, भोटेकोशी गाँउपालिकाका पुर्व अध्यक्ष राजकुमार पौडेल, सिन्धुपाल्चोक उद्योग वाणिज्य संघ, हिमालय सिमापार वाणिज्य संघ, नेपाल ट्रक कन्टेनर ढुवानि सेवा प्रा.लि, तातोपानी पर्यटन व्यवसायी संघ लगायत प्रतिनिधिहरुको सहभागितामा प्रधानमन्त्री, गृहमन्त्री र परराष्ट्रमन्त्रीको ध्यानाकर्षण गराएका हुन् ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com