मोरङ – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अराजक अभिव्यक्ति दिँदै आएको बताएका छन्।
शनिबार विराटनगरमा शंकर खरेलको लघुकथा ‘तृप्यन्ताम’ विमोचन कार्यक्रममा बोल्दै नेता कोइरालाले मुलुकको प्रधानमन्त्रीबाट अराजक अभिव्यक्ति आइरहेको भन्दै यसलाई गम्भीरतापूर्वक लिनुपर्ने बताएका हुन्।
उनले भने, ‘विराटनगरमा आएर प्रधानमन्त्रीले जातीय राज्य दिन्छु भन्नुभयो। त्यसपछि सुर्खेतमा पुगेर डेढ लाख नागरिक सडकमा उतार्ने कुरा गर्नुभयो। उहाँ के भन्दै हुनुहुन्छरु उहाँ अभिव्यक्तिलाई सबैले गम्भीरतापूर्वक लिनु आवश्यक छ। डेढ लाख जनता किन सडकमा उतार्नु पर्ने मैले बुझिनँ।’
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com