काठमाडौँ । सोलुखुम्बुको खुम्बुपासाङल्हमु गाउँपालिकामा नेकपा माओवादी केन्द्रले संचालन गरेको जनतासङ्ग माओवादी विशेष रुपान्तरण अभियान सम्पन्न गरिएको छ । माओवादी सोलुखुम्बुका जिल्ला संयोजक एवं थुलुङदुधकोशी गाउँपालिकाका अध्यक्ष असिम राईको जिम्मेवारीमा परेको अभियान अन्तर्गतको खुम्बुमा विभिन्न चरणमा अन्तरक्रिया तथा पार्टी सुदृढिकरणबारे कार्यक्रमहर आयोजना गरिएको छ। उक्त अभियानको पहिलो चरणको कार्यक्रम विहिबार सम्पन्न गर्दै जिल्ला संयोजक असिम राईले खुम्बुमा माओवादी पार्टीको जनसंगठन मजबुद बनेको बताउनुभयो ।
कार्यक्रम समापनको क्रममा बोल्दै सोलुखुम्बुका लोकप्रिय युवा नेता राईले खुम्बुमा माओवादी पार्टी विशेष किल्ला गाडिएको बताउँदै अब खुम्बु पासाङल्हमु गाउँपालिका माओवादीमय हुने विश्वास व्यक्त गर्नुभयो ।
जिल्लाका अन्य स्थानीय तह मध्य खुम्बुमा माओवादीको सांगठनिक धरातल कमजोर मानिन्छ । कमजोर धरातललाई बलियो बनाउन जिल्ला संयोजक असिम राई आफैँ खुम्बु उक्लीएका थिए । अभियान संचालन भएपश्चात महिनै पिच्छे असिम राई खुम्बु पुगिरहेका छन् ।
अभियानको पहिलोचरण समापनका क्रममा लुक्लामा आयोजित कार्यक्रममा दर्जनौँ व्यक्ति माओवादी पार्टीमा प्रवेश गरेका छन् । पार्टी प्रवेश गर्नेहरुमा लाक्पा तामाङ, छेपाल नाम्गेल शेर्पा, पुर्णीमाया तामाङ, शक्तिमाया तामाङ, चरिमाया तामाङ, साबित्रामाया तामाङ लगायत छन् । यस्तै, फुनुरु शेर्पाको अध्यक्षतामा १५ सदस्य नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र )खुम्बु पासाङल्हमु गाउँपालिका २ नं. वडा कमिटी गठन गरिएको छ । सोही कार्यक्रम सहित अभियानको समापन पनि गरिएको बताइएको छ । निवर्तमान पार्टी वडाध्यक्ष धनकुमार तामाङको अध्यक्षता तथा नेकपा माओवादी केन्द्र सोलुखुम्बुका सम्योजक तथा प्रदेश सचिवालय सदस्य असिम राईको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको माओवादी स्थानीय नेता विजय तामाङले जानकारी दिनुभयो ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com