राहुल गुप्ता, वीरगन्ज
बैशाख,२७ । वीरगन्ज महानगरपालिका वडा नम्बर १० घडिअर्वा टाेलमा बिहीबार बिहान एक घरमा आगलागी भएको छ। स्थानीय माेहन साह कानुकाे टिनकाे छाना भएकाे घरमा आगलागी भएकाे हाे । उक्त घर विनाेद साहले भाडामा लिएर बस्दै आएका थिए ।आगलागबाट उक्त घर पूर्ण रुपमा जलेर नष्ट भएको छ । घरमा रहेका सबै सरसामानपनि जलेर नष्ट भएको वडाध्यक्ष सुशील साह कानुले बताए ।क्षतिकाे विवरण प्रहरीले संकलन गरिरहेको उनले जानकारी दिए ।
स्थानीयका अनुसार, एक्लै भाडामा बस्दै आएका विनाेदले बिहीबार बिहान खाना पकाएर खाइवरी ज्याला मजदुरीका लागि बाहिर गएपछि घरमा आगाे लागेकाे थियाे। तर आगलागीकाे कारण भने खुल्न सकेकाे छैन। उक्त घरमा लागेकाे आगाे स्थानीय र प्रहरीले मिलेर निभाउँदै गरेका बेला वीरगन्ज महाागरपालिकाकाे वारुण यन्त्र आएकाे थियाे ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com