
काठमाडौँ। त्रिकोणात्मका टी—२० क्रिकेट शृंखलाको यूएईविरुद्धको फाइनल खेलमा चौका प्रहार गर्दा नेपाली ब्याट्सम्यान कुशल भुर्तेलको ब्याट भाँचिएको छ ।
उनले यूएईका बलर मुहम्मद जवादुल्लाहको बलमा चौका प्रहार गरेका थिए । सोही क्रममा कुशलको ब्याट भाँचिएको हो । तीन ओभरको खेल सकिँदासम्म नेपालले कुनै पनि विकेट नगुमाई २६ रन बनाएको छ ।
कुशल भुर्तेल २० रन र आसिफ शेख पाँच रन बनाउँदै क्रिजमा छन् । कुशलले १२ बलमा चार चौका हिर्काएका छन् । ब्याट भाँचिनुअघि कुशल क्याच आउट हुनबाट जोगिएका थिए ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com