
काठमाडौँ । सोलुखुम्बुको सदरमुकाम सल्लेरबिाट माप्यदुधकोशी हुँदै खुम्बु जोड्ने सडकको कालोपत्रेका लागि सिलन्यास गरिएको छ ।
सोलुदुधकुण्ड नगरपालिकाका मेयर नाम्गेल जाङबु शेर्पाले संविधान दिवसको अवसर पारी बुधबार शिलन्यास गर्नुभएको हो । सल्लेरीदेखि ओर्लाङघाट हुँदै खुम्बु जाने सडकको प्रथम चरणमा करिव १० किलोमिटर सडक कालोपत्रेका लागि ४० करोड रुपैयाँ बजेट खर्च हुँदैछ । प्रदेश सरकारको बजेटमा निर्माण हुन लागेको उक्त सडकको ठेक्का सम्झौता भइसकेको छ ।
सल्लेरी–सिपिलगुडीडाँडा, काँकु, बासा अधेरी ओर्लाङघाट सडकको शिलन्यास गर्दै सोलुदुधकुण्ड नगरपालिकाको मेयर नाम्गेल जाङबु शेर्पाले यो सडक स्तरोन्नती हुँदा पर्यटकको आवतजावतमा सहजीकरण हुने र बजारीकरण पनि बढ्ने विश्वास व्यक्त गरेका छन् । स्थानीइयले समेत कचची सडकको मारबाट छुट्कारा पाउने विश्वास व्यक्त गरेका छन् ।
सो सडकको सल्लेरी देखि सेलीकुडी डाँडासम्मको करिव ६ किलोमिटर सडक सोलुदुधकुण्ड नगरपालिकाको क्षेत्रभित्र पर्दछ । त्यसपछि माप्य दुधकोशी गाउँपालिकाको क्षेत्र पर्दछ । सर्वाेच्च खिशर सगरमाथा प्रवेश गर्ने सडक मार्गका लागि पहिलो पटक संचालनमा आएको उक्त सडक खण्ड कालोपत्रे योजना सुरु भएको हो । क्रमिक रुपमा उक्त सडक खण्ड कालोपत्रे गर्दै लैजाने सरकारको तयारी छ ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com