असार, २१ । कोशीमा प्रदेशको मुख्यमन्त्रीमा उद्धव थापा नियुक्त भएका छन् । कोशीमा प्रदेश प्रमुख पर्शुराम खापुङ्ले संविधानको धारा १६८ को उपधारा २ बमोजिम कांग्रेस नेता उद्धव थापालाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।
९३ सदस्यीय प्रदेशसभामा गठबन्धन दल कांग्रेसका २९, माओवादी केन्द्रका सभामुखसहित १३, नेकपा ९एकिकृत समाजवादी०का ४ र जनता समाजवादी पार्टीको एक गरी बहुमत ४७ प्रदेश सांसदको समर्थन रहेको भन्दै थापाको नेतृत्वमा सरकार गठनका लागि दावी पेस गरेका थिए ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com