पुष, १३ । रोजगार अनुमति प्रणाली ईपीएसको विषयलाई लिएर प्रदर्शनमा उत्रिएका युवाले मन्त्रीको गाडीमा आगजनी गरेका छन् । ललितपुरको बालकुमारीमा प्रदर्शन उत्रिएका युवाले शुक्रबार भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरेका हुन्। मन्त्री ज्वालालाई गाडीबाट निकालेर प्रदर्शनकारी युवाले आगो लगाएका थिए ।
केही समययता ईपीएसको विषयलाई युवा आन्दोलित छन् । उनीहरुले ईपीएसको कार्यालयअगाडि प्रदर्शन गर्दै आएका हुन् । प्रदर्शनका कारण बालकुमारी क्षेत्र वरपर सवारीसाधन अस्तव्यस्त भएको छ ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com