
जेठ, १२ । सत्तारुढ दल नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा अनेकन भ्रष्टाचार भएको आरोप लगाएका थिए। जेठ १० गते प्रतिनिधिसभाको बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै सांसद दाहालले ओलीको पालामा भ्रष्टाचार धेरै भएको आरोप लगाएका हुन् ।
उनले भने, ‘केपी शर्मा ओली सरकारमा बस्दा कति भ्रष्टाचारका काण्डहरु आए रु यति, ओम्नी, वाइडबडी, स्वास्थ्य सामाग्रीको दुई अर्बको भ्रष्टाचार। त्यति मात्रै होइन, पशुपति नाथको जलहरी लाउँदा पनि सुन लाउने भनेर पित्तल लाइदिएर गरेका भ्रष्टाचारहरु यस्ता सयौं, हजारौं भ्रष्टाचारका काण्डहरु छन् ।’
सत्तारुढ दलको सांसदले पशुपतिमा सुनको भनेर पित्तलको जलहरी लगाएको भनी प्रमुख प्रतिपक्षी नेकपा एमालेले शुक्रबार प्रतिनिधिसभाको बैठक प्रश्न उठाएको हो ।
यस विषयमा सत्यता नछुटाइ संसद चल्न नदिने एमालेको अडनका कारण शुक्रबारको प्रतिनिधिसभा बैठक नै प्रभावित भएको छ । एमालेको अवरोधपछि सभामुख देवराज घिमिरेले बैठक नै स्थगित गरिदिए ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com