मेरि आमा !!
हलो, जुवा, कोदाली र धानको बीउ डोकोमा बोकि,
फरिया पनि बेर्न नपाई, हतारोमा कुदेकी होलिन
मेरी आमा !
धानको बीउ पुग्छ पुग्दैन, रोपार बाउसे पुग्छन पुग्दैनन,
चिन्ता लिएर छट्पटिदै, रोपाई गर्न हिडेकी होलिन
मेरी आमा !!
हिलोको त्यो रोडामा मुटुनै बिज्ने गरि, खाली खुट्टा टेकेर,
छिङ छिङ चुराको आवाजमा, छुपु छुपु धान रोप्दै होलिन मेरी आमा !!
अर्म-पर्म गरेका खेतालाहरुलाई, कसरी खुसी पार्ने आज,
खाजा पनि सेलाउने हो कि भनी, चिन्तामा कुदेकी होलिन
मेरी आमा !!
दिनभरिको झरीमा भिज्दै, मनमा खुसिका आँसु बर्साइ,
खेतालाहरुसङ थाहै नपाई, दिन काट्दै होलिन,
मेरी आमा !!
थकानले त्यो बूढो शरिर, कोदाली बिसाउननी नपाईकन ,
बेलुकाको खाना पकाई, थकाई मार्दै होलिन,
मेरी आमा !!
बुढाबा आगनीमा रोगले च्यापी, खङ-खङ खोक्दैहोलान,
अनि भन्छन् नानी धान रोपिसक्यो त ??
यसै बेला तातो पानी, पिलाउननी पुग्दी होलिन,
मेरी आमा!
यसै बेला तातो पानी पिलाउननी, पुग्दी होलिन
मेरीआमा !!!!
कबिता लेखक अमृता कार्की राश्ट्रसेवक कर्मचारी
हाल सोलुखुम्बु ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com