वैशाख, २६ । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले आफ्नो पार्टी फुटाएर गैह्रकानुनी तरिकाबाट नयाँ पार्टी दर्ता भएको आरोप लगाउनुभएको छ ।
बुधबार पार्टी कार्यालय बालकुमारीमा पत्रकार सम्मेलन गर्दै यादवले रातारात पार्टी फुटाएर निर्वाचन आयोगमा केहि नेताहरु गएको र आयोगले पनि निर्वाचन र राजनीतिक दलसम्बन्धि ऐन विपरित असंवैधानिक तरिकाबाट रातारात नयाँ दल दर्ताको घोषणा गरेको आरोप लगाउनुभएको हो । उहाले पार्टीबिभाजनको कुनै औचित्य नभएको र अदालतबाट चूनौति दिने स्पष्ट पार्नुभयो । उहाले आफु विदेशमा सम्मेलनमा गएको मौका छोपेर जसपा, एकीकृत समाजवादी र कांग्रेससँग मिलेर सरकार ढाल्ने भयो भनेर हल्ला फैलाएको र त्यसमा कुनै आधार नै नभएको बताउनुभयो । यादवले पार्टी फुटेपनि वर्तमान सरकारलाई दिएको समर्थन निरन्तर रहने जानकारी दिनुभयो ।
उहाले आफुहरुको कारणले राजनीतिक अस्थिरता नआउने भन्दै पार्टी र संसदीय दलमा आफुहरुकै बहुमत रहेको दावी गर्नुभयो । उहाले संघीयता, पहिचान र मधेशको मुद्दामा निरन्तर लडिरहने र जस्तोसुकै परिस्थीतिको सामना गर्ने जिकिर गर्नुभयो ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com