फागुन, ६ । नेकपा एमालेले बहालवाला तीजना मन्त्रीको राजीनामा माग गरेको छ। प्रमुख प्रतिपक्षी दलमा रहेको एमालेले भौतिक, पूर्वाधार तथा यातायामन्त्री प्रकाश ज्वाला, स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहन बस्नेत र संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदन किरातीको राजीनामा मागेको हो । आइतबार बसेको बैठकमा समय लिएर बोल्दै एमाले सचेतक महेश बर्तौलाले गत पुस १३ गते ललितपुरको बालकुमारीमा दुईजना युवाको ज्यान जानेगरी भएको घटनामा भौतिक मन्त्री ज्वाला दोषी देखिएकाले राजीनामा दिनुपर्ने बताएका छन् ।
सांसद बर्तौलाले भने, ‘सरकारका मन्त्री दोषी भनेर किटान गरेको ३० घन्टा बित्दा समेत पदमै बहाल हुनुहुन्छ। सामान्य सिपाहीलाई कारबाहीको डन्डा अनि मन्त्रीलाई उन्मुक्ति यो हुन सक्दैन ।’
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com