माघ, २४ । चालु आर्थिक वर्ष २०८०(८१ को छ महिनामा सात खर्ब ३३ अर्ब रूपैयाँ बराबरको रेमिटेयान्स भित्रिएको छ। राष्ट्र बैंकले प्रकाशित गरेको मुलुकको आर्थिक प्रतिवेदन अनुसार गत वर्षको यही अवधिमा पाँच खर्ब ८५ अर्ब रूपैयाँ रेमिटेन्स भित्रिएको थियो । चालु आवमा यो दर २५.३ प्रतिशतले वृद्धि भएको हो।
यो छ महिनामा वैदेशिक रोजगारीमा जानेको संख्यामा उच्च दरमा पनि कमी आएको छ। छ महिनामा वैदेशिक रोजगारीमा जानेको संख्या १८ प्रतिशतले घटेको छ।
गत वर्षको छ महिनामा नयाँ र पुनः श्रम स्वीकृति लिनेको संख्या ४ लाख १८ हजार थियो। चालु आर्थिक वर्षको यो अवधिमा भने मात्रै ३ लाख ४३ हजारले यस्तो स्वीकृति लिएका छन्।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com