पुष, ९ । देशभरका १७ हजार भन्दा धेरै पशु चौपाया लम्पी स्किनबाट संक्रमित रहेको पाईएको छ । हालसम्म लम्पी स्किनको संक्रमणबाट ६५ हजार ४ सय पशु चौपाया मरिसकेका छन् । नेपाल पशु चिकित्सा परिषद्ले धेरैजसो पशुको उपचार भएपनि अझै १७ हजार ३ सय लम्पी स्किनका सक्रिय संक्रमित पशु रहेको जनाएको छ । संक्रमित पशुमध्ये ९४ दशमलव ६२ प्रतिशत पशु चौपाया निको भइसकेका छन् भने १ दशमलव १ दशमलव १२ प्रतिशत सक्रिय संक्रमित रहेका छन् ।
अहिलेसम्म १० लाख ५३ हजार ५ सय ५२ पशुचौपायालाई लम्पी स्किनको विरुद्धको खोप लगाइएको छ ।
देशभर कुल गाईभैंसीको संख्या ७५ लाख छ । तीमध्ये १५ लाख ३६ हजार पशु संक्रमित भएका थिए । मरेका पशु चौपायाबाट ७६ अर्ब ४ लाख रुपैयाँ क्षति भईसकेको परिषद्को अनुमान छ ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com