चैत, २३ । नेपाल विद्यार्थी संघ नेविसंघका केन्द्रिय सदस्य इन्जिनीयर भुवन भट्टले विद्यार्थीलाई उच्च शिक्षाका लागि सफ्ट लोनको मुद्या उठाउनुपर्ने अहिलेको आवस्यकता भएको बताएका छन् ।
नेविसंघको जारी केन्द्रीय समिति वैठकमा नेता भट्टले नेविसंघ रुपान्तरणको प्रस्ताव पेश गर्दै नेविसंघले सफ्ट लोनको मुद्या उठाउनुपर्ने बताएका हुन् ।
शिक्षा पूर्ण रुपमा निशुल्क बनाउन सकिने र यसका लागि अस्टेलियन मोडल हाइयर एजुकेशन कन्टिब्क्यूसन सिस्टम लागू गर्न सकिने नेता भट्टको भनाई छ ।
उनले पेश गरेको प्रस्तावमा भनेका छन्, “मेडिकल, इन्जिनियरिङ्ग, आईटी,कृषि,वनविज्ञान, व्यवस्थापन लगायतका विषय सवैले निशुल्क, सर्वसुलभ रुपमा पढ्न सक्ने वातावरण वनाउन सकिन्छ । हरेक विद्यार्थीले आफूले चाहेको विषय निशुल्क रुपमा पढ्न राज्यले १ प्रतिशत ब्याजमा सुहलियत ऋण दिने र डिग्री प्राप्त गरेपश्चात सेवामा प्रवेश गरेपछि आम्दानीको २५ प्रतिशत कट्टा गर्ने व्यवस्था गर्न सकिन्छ ।”
केन्द्रीय सदस्य भट्टले रुपान्तरित नेविसंघको मार्गचित्र, शिक्षा र स्वास्थ्यमा आमुल परिवर्तनमा नेविसंघको दृढता, भ्रष्टाचार नियन्त्रण र सुशासनको व्यवहारिक कार्यान्वयन गराउन नेविसंघको दृढता, निर्वाचन प्रणालि परिवर्तनका लागि देशव्यापी वहस अभियान, सुशासनमुखि पार्टि र सरकारका लागि खवरदारि, समयसापेक्ष नेविसंघको ढाचा, रोजगारिको सिर्जना र विदेश पलायन रोक्ने अर्थनीतिमा नेविसंघको जोड लागयतका विषयमा आफ्नो भिजन र एजेन्डाहरु सहित नेविसंघ रुपान्तरणको प्रस्ताव केन्द्रीय समिति वैटकमा पेश गरेका छन् ।
वैठकमा उपस्थिति केन्द्रीय सदस्यलाई भट्टले आफ्नो प्रस्ताव वितरण गरेका छन् ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com