साउन, २५ । सांसद सुनिल शर्मा पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले कीर्ते कागजातमा अनुसन्धानका लागि सांसद शर्मालाई बिहीबार दिउँसो उनकै निवास गोल्फुटारबाट पक्राउ गरेको हो। सांसद शर्मा पक्राउबारे नेपाल प्रहरीले संघीय संसद सचिवालयलाई आज नै जानकारी गराएको छ ।
कुनै सांसद फौजदारी अभियोगमा पक्राउ परेमा सभामुखलाई तत्कालै जानकारी दिनुपर्ने संवैधानिक व्यवस्था छ ।
प्रहरीले शर्मासँगै अरु दुई जनालाई पनि पक्राउ गरेको छ । शर्मा सत्तारूढ नेपाली कांग्रेसका सांसद हुन् ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com