साउन, ३। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आगामी साउन ६ गते इटली जाने भएका छन् । आज बसेको मन्त्रिपरिषद बैठकले प्रधानमन्त्री प्रचण्डको भ्रमण तय गरेको हो।
प्रधानमन्त्री प्रचण्ड संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठनको मुख्यालय इटलीमा आयोजना हुने ‘युनाइटेड नेसन्स फुड सिस्टम २०२३ स्टकिङ मोमेन्ट’मा सहभागी हुन प्रतिनिधि मण्डलसहित इटली जान लागेका हुन् ।
प्रतिनिधिमण्डलमा कृषि तथा पशुपन्छी विकास मन्त्री वेदुराम भुसाल समेत सहभागी हुने सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन् ।
प्रचण्ड कार्यक्रममा सहभागि भई एक हप्तापछि फर्किने कार्यक्रम रहेको छ ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com