चैत, २ । सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका स्थित रनेम सामुदायिक स्वास्थ्य इकाईको शुक्रबार एक कार्यक्रमका बीच उद्घाटन गरिएको छ । रणेम क्षेत्रका नागरिकलाई लक्षित गरि स्थापना गरिएको सामुदायिक स्वास्थ्य इकाईको गाउँपालिका अध्यक्ष असिम राईले उद्घाटन गर्नुभएको पालिका प्रवक्ता भोजराज कार्कीले जानकारी दिनुभयो ।
यस अघि त्यस क्षेत्रका नागरिक सामान्य सिटामोलका लागि पनि एक घण्टाको यात्रा पछि बुढीडाँडा स्वास्थ्य चौकीमा पुग्नुपर्ने बाध्यता थियो । सोही बाध्यताको अन्त्य गराउने उदेश्य सहित स्वास्थ्य इकाई स्थापना गरि सेवा सुरु गरिएको पालिका अध्यक्ष असिम राईले बताउँनुभयो ।
संघीय संरचना पुर्व थुलुङ दुधकोशी ७ र ८ एउटै देउसा गा।वि।स। थियो । त्यस बेला दुबै क्षेत्रका नागरिकलाई पायक पर्ने गरि बढीडाँडामा सरकारी संरचना स्थापना गरिएको थियो । संघीय संरचना पछि रनेममा वडा कार्यालयको जग्गा व्यवस्थापन गरि भवन निर्माण पश्चात सेवा प्रवाह भइरहेको छ ।
नागरिकको समस्यालाई केन्द्रमा राखेर काम गर्न वडा अध्यक्षहरुलाई निर्देशन दिदै पालिका अध्यक्ष असिम राईले रनेम क्षेत्रका नागरिकको एकताले आफुहरुलाई प्रेरित गरेको बताउँनुभयो ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com