असार, १७ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले विद्युतिय सामाग्री र ब्रेक सुमा लुकाई करिव ३२ क्वीन्टल सुन तस्कारी भएको निष्कर्ष निकालेको छ । सुन तस्करीको दोश्रो चरणको अनुसन्धानका बिषयमा जानकारी दिन आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै सीआईबीले विद्युतिय सामाग्री र बे्रक सुमा लुकाई ३ हजार १ सय ९४ दशमलव ६६८ सुन तस्करी भएको जानकारी गराएको हो ।
उक्त सुनको बजार मूल्य ३० अर्व ८२ करोड २२ लाख ९१ हजार २ सय ७२ रुपैया रहेको छ । सीआईबीले भुजेल इलोक्ट्रोनिक सप्लायर्स, रेडी टे«डर्स लगाएत पाँच सप्लायर्सहरुले उक्त परिमाणको सुन भित्राएको जनाएको छ । सीआईबीका डिएसपी सुन्दर तिवारीले दोश्रो चरणको अनुसन्धानको प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा बुझाइएको जानकारी दिनुभयो ।
यस क्रममा २० जनालाई पक्राउ गरिएको र २६ जना अझै फरार सूचीमा रहेको उहाले बताउनुभयो । यस्तै भुक्तानी सेवा प्रदायक पेवेल नेपाल प्रालि र सजिलो पे पेमेन्ट सर्भिसेजले लाइसेन्सको दुरुपयोग गर्दै सुन तस्करीमा पटक–पटक गरी कूल ५५ अर्ब ७९ करोड ८८ लाख ८५ हजार ८ रुपैयाँ ५३ पैसा भुक्तानी सहजीकरण गरिरहेको भेटिएको डिएसपी तिवारीले जानकारी दिनुभयो ।
त्यस्तै सीआईबीका प्रमुख एआईजी श्यामलाल ज्ञवालीले भेपबाहेकको सुन तस्करीको अनुसन्धानका क्रममा पूर्वसभामुख कृष्णबहादुर महरा र दिपेश पुनको संलग्नता नदेखिएको बताउनुभयो । सिआइवीले भन्सार ऐन, संगठीत अपराध निवारण ऐन, मुलुकी अपराध संहिता, नागरिकता ऐन, राहदानी ऐन, नेपाल राष्ट्र बैंक ऐनलाई आधार बनाइ प्रतिवादीबाट २ खर्व ६६ अर्व ६७ करोड ९ लाख बिगो मागदावी गरेको छ ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com