२०८१ वैशाख १५ । आम जनता पार्टी र समाजवादी जनएकता पार्टीबीच एकता भएको छ । शनिबार काठमाडौँमा प्रभु साह नेतृत्वको आम जनता पार्टी र नारायण श्रेष्ठ नेतृत्वको समाजवादी जनएकताबीच एकीकरणको घोषणा गरिएको हो ।
५ बुँदे सहमति गर्दै यी दुई दलबीच एकता भएको नेता नारायाण श्रेष्ठले जानकारी दिनुभयो । एकीकरणपछि प्रभु साहको नेतृत्वमा आम जनता पार्टी रहने छ । पार्टी एकतापछि समाजवादी जन एकता पार्टीका संयोजक नारायण श्रेष्ठ लगायतका नेताको कार्यविभाजन एवं भूमिका सम्मानजनक रहने कार्यक्रममा आजपाका अध्यक्ष प्रभू साहले बताउनुभयो । कार्यक्रममा बोल्दै अध्यक्ष साहले अग्रगामी सोच र विचारका पार्टीसँग एकता गर्दै जाने बताउनुभयो ।
उहाँले भन्नुभयो वर्तमान समयका प्रमुख दल र अहिलेको नेताबाट मुलुकको विकास सम्भव छैन,’ ‘त्यसैले अग्रगामी सोच राख्ने पार्टीसँग एकता गर्दै बलियो शक्ति निर्माण गर्ने अभियानमा छौं ।’
कार्यक्रममा बोल्दै नेता नारायाण श्रेष्ठले अब आजपालाई बैकल्पिक शक्तिको रुपमा विकास गरि छरिएर रहेका सबै शक्तिहरुलाई आजपामा एककृत गर्ने बताउनुभयो । अबको स्थिर राजनीतिका लागि तेस्रो जन आन्दोलनको विकल्प नरहेको उद्घोष गर्नुभयो । त्यस्तोआन्दोलनको नेतृत्व आजपाले गर्ने उहाँको भनाई छ ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com