फागुन, ३० । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आफूमाथि निजी आक्षेप लगाएको बताएका छन् । आज प्रतिनिधिसभाको बैठकमा विश्वासको मत लिने प्रस्ताव पेश गर्दै प्रचण्डले यस्तो बताएका हुन् । प्रधानमन्त्री प्रचण्डले आफुलाई कांग्रेसले पटक–पटक विश्वासघात गरेको समेत बताए । उनले भने, ‘लोकतान्त्रिक प्रक्रियाबाट समीकरण बदल्दा कसरी विश्वासघाती र धोकेबाज भएँ ?’
उनले भने, ‘जुन गठबन्धनमा सामेल भएर मेरो नेतत्वको पार्टीले नेपाली कांग्रेसलाई सबभन्दा ठूलो दल बनाउन मद्दत गर्यो, त्यही दलसँग भएको सहमति तोड्ने खुलेआम धोका र विश्वासघातको परिणाम नेकपा एमालेका लगायतका दलहरुको समर्थनमा प्रधानमन्त्री बनेको थिएँ ।’
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com