चैत, २ । सुनको अवैध तस्करी नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बुझाइएको छ । आज बिहान बालुवाटार पुगेर उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले प्रधानमन्त्री प्रचण्डलाई प्रतिवेदन बुझाएका हुन् ।
प्रतिवेदन बुझ्दै प्रधानमन्त्री प्रचण्डले कसैको दबाब र प्रभावमा नपरी काम अगाडी बढाउन उपप्रधान एवं गृहमन्त्रीलाई निर्देशन दिएका छन् । प्रक्रियाअनुसार प्रतिवेदन कार्यान्वयनको ग्यारेन्टी गर्न, जुनसुकै दोषीलाई उन्मुक्ति नहुने र निर्दोष नफस्ने वातावरण बनाउन र प्रतिवेदनले औँल्याएका सुधारका पक्षमा पनि काम गर्न प्रचण्डले भनेका छन् ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com